Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं– सुनको मूल्य पछिल्लो केही दिनदेखि निरन्तर रुपमा ओरालो लागेको छ। साताको पहिलो कारोबारको दिन छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको छ। अघिल्लो साताको आन्तिम कारोबारको दिन छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले घटेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भएको छ।

तपाईको प्रतिक्रिया