Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले ल्याएको बजेटका विषयमा संघीय संसदमा जारी दोस्रो दिनको छलफल पनि सुरु भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभामा बिहीबारबाट बजेटमाथिको छलफल सुरु भएको थियो।

अर्थमन्त्री डा युवराज खतिवडाले मा १३ खर्ब १५ अर्बको बजेट मंगलबार संसदमा पेश गरेका थिए।  बिहीबार छलफलमा भाग लिएका सत्ता पक्षकै सांसदहरुले बजेटको आलोचना गरेका थिए।

संसद विकाष कोषको नाममा छुट्टाइएको ४ करोड रकम खर्च गर्ने मापदण्डका बारेमा अधिकांश सांसदले विरोध गरेका थिए। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले योजनाहरुको पुलिन्दाको रुपमा बजेट आएको तर कार्यान्वयन गर्ने कुरामा प्राथमिकता नदिइएको टिप्पणी गर्दै आएको छ।

बजेटमाथिको छलफल आइतबारसम्म चल्ने छ।

तपाईको प्रतिक्रिया