Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

चितवन – काठमाडौंबाट विराटनगरका लागि छुटेको बस चितवनमा दुर्घटना भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

ना ६ ख १३३२ नम्बरको बस बिहीबार राति १ बजे चितवनको रत्ननगर नगरपालिका-१० मा रहेको त्रिनेत्र पेट्रोल पम्प अगाडि सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको चितवन प्रहरीले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया