Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाईन मिलाउने काम गरेको खुलेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन् । त्यसयता उनले नै तस्करलाई प्रहरीको लाईन मिलाउँदै आएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी ले २०७३ पुस २९ मा साढे ३३ किलो सुन बरामद गरेपछि सुनतस्करसँगको उनको सम्बन्ध खुलेको हो ।

त्यति बेला रञ्जितकुमार गुप्ताले सिआईबीलाई दिएको बयान अनुसार २०६८ देखि खत्री सुन व्यापारीसँगको संगतमा रहेका थिए ।

महानरीय प्रहरी अपराध महाखामा कार्यरत रहँदा पनि उनी सुन व्यापारीसँग उठबस गर्थे  ।

तपाईको प्रतिक्रिया