काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सय दिने कार्यसम्पादनलाई भिडियोमा प्रस्तुत गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय आफैँले तयार पारेर सञ्चारमाध्यमलाई उपलब्ध गराएको भिडियो सामग्रीमा यातायात क्षेत्रको सिन्डिकेट तोडेकोदेखि सुन तस्करको जालो तोडेकोसम्म प्रस्तुत गरिएको छ ।
काम नगरि ठूला परियोजना ओगट्ने ठेकेदार माथि पनि कारवाही सुरु गरिएको प्रधानमन्त्रीले बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘ठेकेदारहरुले समयसिमा भित्र काम सक्नुपर्छ ।’ वैदेशिक रोजगारीमा जाने सोझा साझा जनतालाई ठग्ने म्यानपावर दलालहरु माथि कठोर प्रहार सुरु गरेको पनि प्रधानमन्त्रीले बताउनुभयो ।
भिडियो सौजन्यः बाह्रखरी डट कम








