Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

डोटी – बोगटान गाउँपालिका ६ गगुडा तलाडीमा जीप दुर्घटना भएको छ । दिपायलबाट गगुडा जाँदै गरेको से१ज ८७७ नं. को जीप दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको स्थानीय केशवबहादुर बोगटीले जानकारी दिनुभयो । दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

दुर्घटना स्थलमा प्रहरी आइपुगेको छैन । जिल्ला प्रहरी कार्यालय डोटीले पनि कार्यालयमा ४ जनाको मृत्यु भएको जानकारी आएको बताएको छ । तर, घटनास्थलमा पुग्न ४ घण्टा लाग्ने भएकोले आधिकारिक जानकारी भने नभएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना भएलगत्तै प्रहरीको टोली घटना स्थलतर्फ हिँडेको छ ।

तपाईको प्रतिक्रिया