Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति भएसँगै फोरम सरकारमा सामेल हुने पक्का भएको छ । नेकपा–फोरमको सहमतिसँगै प्रदेश २ मा पनि सत्ता गठबन्धन फेरबदल हुने सम्भावना बढेको छ । केन्द्र र प्रदेशमा दुई फरकखाले दृश्य देखिए पनि दुवै घटनाक्रम नेकपा र फोरमको गठबन्धनसहित केन्द्र एवं प्रादेशिक सरकार बनाउने उद्देश्यबाट निर्देशित भएको हुँदा प्रदेश २ को सरकारमाथि प्रश्नचिह्न उठेको हो ।

फोरम-राजपा दूरी बढ्यो
यो सँगै प्रदेश २ को सरकार गठबन्धनमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच दूरी बढेको छ । सरकारको नीति तथा कार्यक्रममा फोरमले समर्थन जनाएपछि यी दुई दलबीचको सम्बन्धमा चिसोपन आएको हो । फोरमले सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको मुद्दा नपरेको भन्दै संशोधन हालेको थियो ।

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालसँगको छलफलपछि फोरमले संशोधन फिर्ता लिएर नीति तथा कार्यक्रमलाई समर्थन गर्‍यो । संविधान संशोधनको एउटै मुद्दामा फोरम र राजपाले अलग–अलग संशोधन हालेका थिए । राजपाले संशोधनको मुद्दा सम्बोधन नगरेकाले संशोधन फिर्ता नलिएको बताएको छ । प्रदेश २ को सरकार निर्माण गर्ने बेलामा पनि दुई दलबीच सामान्य खटपट देखिएको थियो ।

नेकपा-फोरम सहमति सत्ता स्वार्थका लागि मात्र : राजपा
यसैबीच सरकारमा सहभागी हुने संघीय समाजवादी फोरम निर्णय सत्ता स्वार्थका लागि मात्र भएको राष्ट्रिय जनता पार्टी राजपा नेपालले आरोप लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपासँग २ बुँदे सहमति गर्दै फोरम नेपालले सत्ताका लागि सरकारमा सहभागी भएको आरोप लगाएको हो । जाने तयारी गरेपछि प्रदेश नम्बर २ मा उसको सहयात्री दल राजपा नेपालले उक्त सहमति सता स्वार्थका लागि गरिएको आरोप लगाएको छ ।

राजपाका महासचिव मनिषकुमार सुमनले नेकपा र फोरमबीचको सहमतिले प्रदेश २ को सरकारमा राजपा र फोरमबीचको गठबन्धनमाथि प्रश्नचिन्ह खडा गरेको बताउनुभयो । नेकपा र संघीय समाजवादी फोरम नेपालले आज संविधान संशोधन लगायतका २ बुँदे सहमति गर्दै सरकारमा सहभागी हुने सहमति गरेको थियो । महासचिव सुमनले नेकपा र फोरमबीचको सम्झौतालाई एकाङ्की र सत्ता स्वार्थका लागि गरिएको सम्झौता भएको बताउनुभयो । पछिल्लो सम्झौताले प्रदेश नम्बर २ मा रहेको राजपा र फोरमको गठबन्धनको सरकारमाथि प्रश्नचिन्ह उठेको उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया