Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – सत्ता नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी नेकपासँग २ बुँदे सहमति भएसँगै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ । सरकार संविधान संशोधनमा लचिलो बनेपछि फोरम नेपाल सरकारमा सहभागी हुन सफल भएको हो । फोरम सरकारमा जाने सहमत भएपछि निर्वाचनबाट सुरु भएको राजपासँगको गठबन्धन भने संकटमा परेको छ ।

केन्द्रीय सरकारमा सहभागी हुने फोरम नेपालको सहमतिले प्रदेश २ मा राष्ट्रिय जनता पार्टी राजपा नेपालसँगको गठबन्धन समेत टुटेको छ ।  नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित सहमति पत्रमा फोरम नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरु आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गर्ने उल्लेख छ । सहमति पत्रको एक नम्बर बुँदामा भनिएको छ, ‘सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिने छ । उपरोक्त कार्यहरु आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिनेछ ।’

यद्यपि मन्त्रालय बाँडफाडको बिषय भने टुंगो नलागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । सरकार गठनका समय गत फागुन पहिलो साता नै सरकारमा सहभागी हुने तयारी फोरमले गरेपनि उपप्रधानमन्त्री सहितको मागमा सहमति हुन नसकेपछि रोकिएको थियो । बैठकपछि फोरम नेपालका बरिष्ठ नेता अशोक राईले भन्नुभयो, ‘तत्कालका लागि सरकारमा सहभागी हुने निर्णय भएको छ । मन्त्रालयबारे अर्को बैठकमा सहमति हुन्छ ।’ काठमाडौंमा भएको सहमतिपछि प्रदेश २ मा समेत नेकपा र फोरम नेपालले मिलेर सरकार गठन गर्ने भएका छन् । प्रदेश २ बाहेक अन्य सवै प्रदेश र केन्द्रमा नेकपाको सरकार छ ।

सत्ताको खेलले टुट्यो गठबन्धन
पछिल्लो राजनीतिक घटनाक्रम बारे समीक्षा गर्दै नयाँ रणनीति तय गर्न राष्ट्रिय जनता पार्टी राजपाको अध्यक्ष मण्डलको वैठक वस्दैछ । केन्द्रमा नेकपासँग २ बुँदे समझदारी गर्दै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएपछि प्रदेश २ मा सरकार गठन, फोरमसँगको सहयात्रा, संविधान संशोधन लगायत बिषयमा धारणा तय गर्न बैठक बस्न लागेको हो ।

संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा फोरम नेपालसँग दुरी बढेपछि राजपा नयाँ रणनीति र पार्टीगत धारणा तय गर्न छलफलमा जुटेको हो । केन्द्रमा फोरम नेपाललाई सरकारमा सहभागी गराउने भएपछि नेकपाले प्रदेश २ सरकारलाई दिएको समर्थन भने हिजो फिर्ता लिएको थियो । नयाँ घटनाक्रमले प्रदेश २ मा समेत नेकपा र फोरम नेपालबीचको गठबन्धनमा सरकार गठन हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया