Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – स्थापनाको २५ औं वर्ष मनाईरहेको चर्चीत ब्याण्ड ‘नेपथ्य ब्याण्ड’ले जापानमा ऐतिहासिक कन्सर्ट आयोजना गर्ने भएको छ । नेपाली मौलिक गीत संगीतलाई लोक पप, लोक ‘रक’ अनि मैत्री ‘रक’मा गायर लोकप्रिय बनेको नेपथ्यले जुलाई ७ तारिकका दिन टोकियो डोमस्थित हलमा कन्सर्ट गर्ने भएको हो ।

फिनल्याण्ड, अमेरिका, दक्षिण कोरिया, डेनमार्क, अष्ट्रेलियालगायत दर्जनौं देशहरुमा आफ्नो प्रस्तुती देखाइसकेको नेपथ्यले बेलायतको विश्व चर्चित ओटु एकेडेमीको विक्सटनमा भव्य कन्सर्ट प्रस्तुती गरिसकेको छ । सन् १९९१ मा स्थापना भएसँगै ९ वटा एल्बम प्रकाशित गरिसकेको नेपथ्यको पहिलो एल्बम नेपथ्य देखि ऐना झ्याल एल्बममा समावेश गितहरु सबै उमेर समुहका नेपालीमाझ लोकप्रिय रहेको छ । पप गीतलाई लोक लय र नेपाली मौलिक लोक गीतलाई लोक रक लयमा ढालेर नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियस्तर चिनाउँदै आएको नेपथ्य नेपा लय को ब्राण्डमा समेत परिचित छ ।

देशका प्रमुख शहरमा कन्सर्ट आयोजना गरेर मोफसललाई गीत संगीतको मनोरञ्जनसँगै सामाजिक कार्यमा समेत सहभागी गराउँदै आएको नेपथ्यले प्रवासमा रहेको नेपाली समुदायलाई समेत यसमा सहभागी गराउँदै गित संगित मार्फत सामाजिक कार्यमा योगदान दिंदै आएको छ । युवा नन्नेरी सहित हरेक पुस्ताका नेपालीलाई नेपाली गीत संगीतमा चाख र गर्व गर्न लायक बनाउँदै आएको नेपथ्यको रजत वर्षको जापान यात्रालाई ऐतिहासिक र भव्य बनाउन कुनै कसुर बाँकी नराख्ने आयोजक गोरेटो प्रोडक्सनले जनाएको छ ।

गोरेटो प्रोडक्सनको आयोजनामा पहिलो पटक जापानमा उत्रन लागेको नेपथ्य ब्याण्डको जापानमा भने यो तेस्रा प्रस्तुती हुनेछ । नेपथ्यको सन् २०१५ पछि जापानमा हुन लागेको यो पहिलो उपस्थिति हो । कन्सर्ट तयारी सुरु गरिएको भन्दै आयोजक गोरेटो प्रोडक्सनका सदस्य अनिष अधिकारीले भन्नुभयो, ‘कुनैपनि कुराका कमी हुन नदिनकै लागि जापानमा अहिलेसम्म नभएको ठूलो र भव्य स्थानमा नेपथ्यको कन्सर्ट आयोजना गरेका हौं ।’ सन् १९९१ मा नेपथ्य एल्बम निक्लिएको मितिलाई स्थापना बर्ष मानेर ‘सेलिब्रेटिङ ट्वेन्टि फाइभ इयर्स अफ नेपथ्य’ मनाईरहेको व्याण्डले ‘आँगनैभरी हिउँ नै झरे’ ब्याण्डको पहिलो गीत भएको बताएको छ ।

सिल्भर जुब्ली बर्षलाई सामाजिक क्षेत्रमा सहयोग गर्ने बर्ष समेत घोषणा गरेका नेपथ्यका संस्थापक एवं मुख्य गायक अमृत गुरुङले यो बर्ष नेपाली संगीतकै श्रीवृद्धिमा संलग्न हुने अठोट समेत गरिससक्नु भएको छ । अमृत गुरूड, दीपकजंग राणा र भीम पुनले स्थापना गरेको नेपथ्यमा हालसम्म २० भन्दा बढि गीत संगीतकर्मीहरु सहभागी भएर योगदान दिइसकेका छन् । नेपथ्यले रजत वर्षको अवसर पारेर आफ्नो २५ बर्षे यात्राको कथा समेटेर छिट्टै चिनारी पुस्तक प्रकाशित गर्ने तयारी समेत गरेको छ ।

तपाईको प्रतिक्रिया