Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा र सम्मानको प्रत्याभूति दिने ढंगबाट काम गरिरहेको बताउनुभएको छ । सरकारको आव २०७५-७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरी भ्रष्टाचार, तस्करी र कालाबजारी अन्त्य गर्ने दृढता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भ्रष्टाचार नियन्त्रण र उन्मूलन गरिन्छ, वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, कर छल्ने र अनुचित कार्यको अन्त्य गरिनेछ । कर्मचारी प्रशासन ठीक ढंगले अघि बढाइने छ । प्रशासनलाई चुस्तदुरुस्त बनाउने नीति लिइनेछ ।’ ‘सरकारको नीति तथा कार्यक्रम सही छ, अग्रगामी छ, देशका समग्र विषयलाई समेटेको छ, विकास र समृद्धिका विषयलाई समेटेको छ, नेपाली जनताको चाहना समेटिएको छ, पूरा गर्ने स्पष्ट बाटाहरु देखाएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले अब प्रतिपक्षलाई राम्रो कामलाई राम्रो तथा नराम्रो कामलाई नराम्रो भन्न आग्रह गर्दै सरकार प्रतिपक्षसँग एक भएर अघि बढ्न तयार रहेको बताउनुभयो । ‘देशलाई अहिलेको आर्थिक स्थितिको विन्दुबाट अघि बढाउनुपर्छ । नेपाल सधैँ गरीब र पछि रहिरहन सक्दैन, अब नेपाललाई तेस्रो विश्वबाट पहिलो विश्वमा पुर्याउने नीति तथा कार्यक्रमले उद्देश्य लिएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो । मुलुकलाई सम्पन्न गराउने समृद्धि र विकासमा केन्द्रित नीति तथा सुखी नेपालीको राष्ट्रिय आकांक्षा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको लक्ष्य प्राप्तिका लागि कुन बाटोबाट जान्छौँ भन्ने स्पष्ट रहेको बताउनुभयो ।

रेल, पानीजहाजको प्रसङ्ग उठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले रेल, पानीजहाज जस्ता कुरा बुझाउन केही समय लाग्ने बताउनुभएको छ । पानीजहाज सञ्चालनकै विषयलाई प्रतिपक्ष दलले दिवा सपना भनेको उल्लेख गर्दै, उहाँले त्यो निदाएको समयमा देखेको सपना नभै आफूले दिउँसै देखेको सपना भएकोले पूरा हुने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया