काठमाडौं – सरकारको आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि संसदबाट पारित भएको हो ।
सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नआएकाले सर्वसम्मतिले पारित भएको हो । तर, नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल र राजपा नेपालका सांसद अनिलकुमार झाले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन मानेनन् ।








