काठमाडौं – नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले कालोपत्रेमा गाडी गुडाउन कहिले पाइन्छ भन्दै संसदमा प्रश्न गर्नुभएको छ । नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफमा जिज्ञासा राख्दै सांसद सिंहले भन्नुभयो, ‘हामीले पानी जहाजमा पनि चड्न चाहेका छौं र त्यो भन्दा पहिले कालोपत्रे सडकमा गाडी गुडाउन चाहन्छौं, त्या कहिले पाइन्छ ?’
राजपा सांसद महेन्द्र रायले संविधान संशोधन हुन्छ कि हुँदैन भन्दै प्रधानमन्त्रीसँग जवाफ माग्नुभयो । उहाँले तराईमा आउन सक्ने बाढीको लागि तयारी गर्नुपर्नेमा सचेत गराउाुभयो । यस्तै कांग्रेस सांसद मिनेन्द्र रिजाले प्रधानमन्त्रीको कुराले लठ्ठ पर्दै दिउँसै सपना देखेको भन्दै व्यंग गर्नुभयो ।








