Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम महत्त्वकांक्षी भएको स्वीकार गर्नुभएको छ । आज संसद भवन बानेश्वरमा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा सो कुरा स्वीकार गर्नुभएको हो ।

‘यो नीति तथा कार्यक्रम म स्वीकार गर्छु आकांक्षाहीन छैन ।,’ उहाँले भन्नुभयो ‘असम्भव महत्वकाक्षा नभइ सम्भव र सकिने खालका महत्वकाक्षा नीति तथा कार्यक्रममा समेटिएको छ ।’ प्रधानमन्त्री ओलीले सरकारका नीति तथा कार्यक्रमका आकाक्षा ठीक रहेको र यसलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

नीति तथा कार्यक्रमले सही दिशा लिएको समेत उहाँको दावी छ । संसदमा भएको छलफलमा प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका नीति तथा कार्यक्रम अति महत्वकाक्षी र कार्यान्वयनकालागि आधारहीन भएको बताएको थियो ।

तपाईको प्रतिक्रिया