Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – नेपाल-भारत सम्बन्धका समग्र पक्षको अध्ययन गरी भावी सम्बन्धको स्वरुप कस्तो हुनुपर्छ भनी सिफारिस गर्न दुई सरकारद्धारा गठित प्रवुद्ध व्यक्ति समूहको भविश्य अनिश्चित बनेको छ ।

समूहको निर्धारित अन्तिम बैठक जेठ २८-२९ मा काठमाडौँमा हुने अन्तिमतयारी भइरहेका बेला भारतीयपक्षको आग्रहमा उक्त बैठक अनिश्चितकालका लागि स्थगित गरिएको काठमाडौँस्थित समूहको सचिवालयले जनाएको छ ।बैठक अनिश्चित रुपमा सार्न सुझाव दिएको समूहले त्यसको कुनै कारण भने खुलाएको छैन । समूहको म्याद असार २० मा समाप्त हुनेछ । त्यस अघि नै समूहले सिफारिस दिन नसकेमा झण्डै २ वर्षको अभ्यास खेर जाने अवस्था समेत उत्पन्न हुनेछ ।

सन् १९५० को शान्ति तथा मैत्री सन्धि दुई तर्फबाट नागरिकले एक अर्का मुलुकमा पाउने समान हैसियत, सम्पती आदिको स्थायित्व र भोग चलन, नेपालले आवश्यक परेका हतियारको खरिद आदि विषयहरुलाई थप सहज बनाउन नेपाल पक्षले विभिन्न व्यक्ति र विज्ञ समूहहरुसँग परामर्श गरी आफ्नो मस्यौदा तयार गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया