टोकियो–जापानमा अहिलेसम्म कै सर्वाधिक ठूलो राशीमा पुरस्कार दिने गरी फष्ट एलजी ग्रुप रनिङ कप २०१८ फुटबल प्रतियोगिता हुन लागेको छ ।
लालीगुराँस एसोसियसन जापानद्धारा आयोजना गर्न लागिएको सो प्रतियोगिताका लागि विजेतालाई आठ लाख जापानी येन नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
मे ६ तारिक अाइतबारका दिन टोकियोको हाचियोजीकाे फुजीकाेरी पार्कमा हुने प्रतियोगिताको लागि अप्रिल २८ सम्म सहभागिताका लागि टिम दर्ता गरिने र सोही दिन नै टाइसिट घोषणा गरिने विकास गुरूङले जानकारी दिनुभयाे । प्रतियाेगिताकाे टिम दर्ताका लागि ४१ हजार येन रहेकाे छ । नेपाली समुदायहरुका बिचमा हुने सो प्रतियोगिताको फष्ट रनर अपका लागि ४ लाख येन र वेष्ट प्लेयर, वेष्ट किपर, वेष्ट डिफेन्डर, हाई स्कोररका लागि क्रमश २ लाख येन राशीको पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
पछिल्ला दिनहरुमा जापानमा संघ संस्थाहरुले विभिन्न खेलकूदका कार्यक्रमहरु गर्दै आईरहेका छन् ।
तपाईको प्रतिक्रिया








