Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौँ  – शिव परियार र मेलिना राईलगायतको स्वर रहेको एल्बम ‘अमर २’ सार्वजनिक भएको छ ।

कवि, गीतकार तथा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को १६ औं कृति गीति एल्बम ‘अमर २’ सार्वजनिक भएको हो । महर्जनले पहिलो एल्बम अमर सार्वजनिक दुई बर्षपछि ‘अमर २’ बजारमा ल्याउनुभएको हो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले ‘अमर २’ को विमोचन गर्नुभयो । सात वटा गीत समावेश गरिएको एल्बमका  सबै जसो गीतमा सुरेन्द्र महर्जनकै शब्द छन् ।

गीतमा शिव परियार, मेलिना राईका साथै शिखा भारती, सबिन लिम्बु, निता थापामगर, दिना थानी र गीतकार महर्जनको पनि स्वर छ । गीतमा राम कार्की, सन्तोष श्रेष्ठ र राज कुमारले संगीत भरेका छन् ।

तपाईको प्रतिक्रिया