Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – बरिष्ठ लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा, गीतकार तथा पत्रकार शान्ति प्रिय, अभिनेत्री निर्देशक दीपाश्री निरौला, पत्रकार फुलमान वल, लेखक निर्देशक तथा कलाकार विनोद पौडेल एकसाथ सम्मानित भएका छन् । ड्रिम वल्र्ड फिल्म मेकर्स प्रा.लिले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कलाक्षेत्रमा क्रियाशिल यी सबै ब्यक्तिलाई एकसाथ सम्मान गरेको हो ।

कार्यक्रममा ‘श्याम–सुनिता विशिष्ट चलचित्रकर्मी पुरस्कार २०७४’ लक्ष्मीनाथ शर्मालाई, ‘श्याम–सुनिता वरिष्ट चलचित्रकर्मी पुरस्कार २०७४’ शान्ति प्रियलाई, ‘श्याम–सुिनता युवा चलचित्रकर्मी पुरस्कार २०७४’, फूलमान वल र ‘श्याम–सुनिता चलचित्रकर्मी सम्मान २०७४’, दीपाश्री निरौला तथा विनोद पौडेललाई प्रधान गरिएको छ ।

सबैलाई बरिष्ठ लेखक तथा निर्देशक चेतन कार्की, पुरस्कारकी संरक्षक सुनिता मुखियालगायतले फुलको माला, खादा तथा प्रमाणले सम्मान गर्नुभयो । पहिलो महिला छायाँकार समेत रहेकी निर्देशक सवनम मुखियाले आफ्नो बुबाआमा श्याम–सुनिता मुखियाको नामबाट राखिएको यो पुरस्कार यसै बर्षबाट सुरु गरिएको हो ।

मनोरञ्जन क्षेत्रमा क्रियासिल र कार्यरत बिभिन्न व्यक्तिलाई सम्मान र प्रोत्सानको रुपमा प्रदान गरिएको पुरस्कार मध्य श्याम–सुनिता विशिष्ट चलचित्रकर्मी पुरस्कारको राशी १५,५५५ रहेको छ । ‘श्याम–सुनीता वरिष्ट चलचित्रकर्मी पुरस्कार’ पनि १५,५५५ नै रहेको छ ।

त्यस्तै, श्याम–सुनिता युवा चलचित्रकर्मी पुरस्कारको राशी ११,१११ रहेको छ । श्याम–सुनिता चलचित्रकर्मी सम्मानमा भने प्रमाण पत्र मात्र रहेको छ । प्रथम नायिका भुवन चन्द, चैतदेबी, बरिष्ठ कलाकार बसुन्धरा भुसाल, मोहन निरौला, निर्मल शर्मा, रबि गिरीलगायको उपस्थिती कार्यक्रममा रहेको थियो ।

कार्यक्रममा निर्देशक तथा पुरस्कार संस्थाकी सदस्य सचिव सवनम मुखियाले चलचित्रकर्मीको सम्मान र हौसलाका लागि पुरस्कार स्थापना गरिएको बताउनुभयो ।
त्यस्तै, अभिनेत्री दीपाले सम्मानले आफूलाई अझ अगाडि बढ्न हौसला प्रदान गरेको बताउनुभयो। उहाँले महिलालाई चलचित्र क्षेत्रमा अगाडि बढ्न निकै कठिन रहेको सुनाउँदै पुरस्कार स्थापना गर्ने सवनम आफैं सम्मानको भागेदार रहेको धारणा अगाडि सार्नुभयो ।

सम्मानित फुलमान वल, शान्ति प्रिय, बिनोद पौडेलल लक्ष्मीनाथ शर्माले सम्मानले अझ जिम्बेवार भएर अगाडि बढ्न सचेत गर्ने बिचार राख्नुभयो ।

तपाईको प्रतिक्रिया