Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाण्डौ – काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक गरिएको छ ।  गाउँको दृश्यलाई फोकस गरिएर खिचिएको यो चलचित्रको ट्रेलरमा प्रयोग गरिएका संवादहरु रोचक र रमाइला छन् ।

रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘मिस्टर झोले’को मुख्य भूमिकामा नायक दयाहाङ राई, दीया पुन, वुद्दि तामाङ, बर्षा राउत रहेका छन् भने अरुणा कार्की, बिजय बराल, पुष्कर गुरुङ, प्रविण खतिवडा, कमलमणि नेपाल, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ ।

पौष २८ गतेबाट रिलिज हुने चलचित्रलाई टेकेन खड्काले लगानी गरेका छन् भने ओम चन्द रौनियार, अर्जुन कार्की र मनिराम पोख्रेलको सह-लगानी रहेको जनाईएको छ ।

चलचित्रका कार्यकारी निर्मातामा रौनक विक्रम कँडेल हुन् भने शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी, कालिप्रसाद बाँस्कोटा र सुजेन कार्कीले  चलचित्रमा संगीत भरेका छन् ।

तपाईको प्रतिक्रिया