Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं –  प्रदेश र प्रतिनिधी सभा निर्वाचन नजिकिएसँगै दलहरुले प्रचारप्रसारलाई पनि तिव्रता दिएका छन् । घर दैलो, चुनावी सभा, र गीतहरुमार्फत पनि प्रचार प्रसार गरिरहेका छन् । यसैक्रममा नेपाली काँग्रेसले आज चुनावी गीत सार्वजनिक गरेको छ ।

नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका केन्द्रिय महामन्त्री कुन्दनराज काफ्लेको चुनावी गीत सुन सुन साथी बोलको गीत बजारमा आएको हो ।

एकनारायण भण्डारीको शब्द र संगीतमा तयार पारिएको यस गीतमा विमलराज क्षेत्री र रीतु थापाले आवाज दिनुभएको छ । मञ्जुश्री फिल्मसले बजार व्यवस्थापन गरेको गीतको निर्देशन भने कुमार के.सीले गर्नुभएको छ ।

स्थानीय तह निर्वाचनका बेला एमालेका लागि भण्डारीले सै पनि एमाले मै पनि एमाले बोलको गीत लेखेका थिए । जसले एमालेले थुप्रै फाइदा भएको थियो ।

तपाईको प्रतिक्रिया