Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – नेपाली फिल्मी इन्डस्ट्रीमा फिल्म प्रचारको फरक फरक अस्त्र प्रयोग हुन थालेका छन्। कहिले कभर गीत प्रतियोगिता, कहिले फिल्मी युनिटको मोफसल यात्रा त कहिले कन्सर्ट। फिल्म फाटेको जुत्ता युनिटले भने फिल्मको नामसँग मिल्दो जुत्ता उपहार दिने योजना सुरु गरेको छ।

फाटेको जुत्ताको फोटो खिचेर पठाउँदा नयाँ जुत्ता उपहार दिने योजना ल्याएको हो। फाटेको जुत्ताको फोटो फेसबुकमा अपलोड गरेर फिल्मको अकाउन्ट ट्याग गर्ने २ सय ५० जनाले नयाँ जुत्ता पाउने भएको हो।

निर्माता अर्जुन कुमारले ट्रेलर रिलिज समारोहमै फाटेको जुत्ता लिएर नयाँ जुत्ता दिने योजना सुनाउनुभएको थियो। अब फाटेको जुत्ता नभएर जुत्ताको फोटो मात्र भए पुग्ने भएको छ।

हरेक हप्ता हुने लक्की ड्रमार्फत विजयी हुने २५० जनासम्मलाई देशभर घरमै जुत्ता पुर्याइने बताइएको छ । फिल्ममा निरज महर्जनको कथालाई निकेश खड्काले निर्देशन गर्नुभएको हो ।

फिल्ममा सौगात मल्ल र प्रियङ्का कार्कीसँगै बुद्धि तामाङ, कामेश्वर चौरासिया, आमिर गौतम, रवीन्द्र झा, रमेश रन्जन, सन्दीप क्षेत्री लगायतको मुख्य अभिनय रहेको छ। फिल्म कार्तिक १७ गते सार्वजनिक हुँदैछ।

तपाईको प्रतिक्रिया