Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं  –  कतारको सनायामा भएको टेलिभिजन रियालिटी शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पोखराका बुद्ध लामाले उपाधि जितेका छन्। टेलिभिजनमा लाइभ प्रसारण हुन नसकेको कार्यक्रममा नेपाली समय अनुसार साढे १ बजे बुद्ध पहिलो नेपाल आइडल बनेको घोषणा गरिएको हो।

सनायाको स्टेजबाट कलाकार मदनकृष्ण श्रेष्ठले प्रताप दासलाई सबैभन्दा पहिले सेकेन्ड रनर अप घोषणा गरेका थिए। त्यसपछि बुद्ध लामा र निशान भट्टराईमध्ये एक जनालाई विजेता घोषणा गर्न बाँकी थियो।

कार्यक्रम सञ्चालक सुशील नेपाल र रीमा विश्वकर्माले यो घोषणा गर्न पनि मदनकृष्ण र हरिवंशलाई नै लगाए।  ‘पहिलो नेपाल आइडल भएका छन् बुद्ध लामा,’ परिणाम लेखिएको चिट पढ्दै उनीहरुले घोषणा गरे।

पोखराबाट अडिसन दिएका बुद्ध लामा २० वर्षका हुन्। उनी अन्तिम १८ मा परेका मध्ये सबैभन्दा कान्छा प्रतियोगी पनि हुन्। यसअघि बुद्धले पोखराको बिग एफएमले आयोजना गरेको बिग आइकनमा समेत भाग लिएर टप २० मा पर्न सफल भएका थिए।

उनले २० लाख रुपैयाँ नगद, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँ बराबरको एल्बम कन्ट्र्याक्ट प्राप्त गरेका छन्। योसँगै एक वर्षका लागि उनी एपी वानसित अनुबन्धित हुनेछन्।

फस्ट रनरअप मोरङका निशान भट्टराई ले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप ललितपुरका प्रताप दासले १० लाख रुपैयाँ पुरस्कार पाए।  आइडल सिरिजमा कसले कति भोट पाएको सार्वजनिक गर्ने प्रचलन नभए पनि अन्नपूर्ण पोस्टले भोट तथ्याङ्क पनि सार्वजनिक गरेको छ।

नौ दिनसम्म खुला गरिएको भोटमा एसएमएस र अनलाइन भोटिङ गरी कूल कूल ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट आएको थियो। यसमध्ये बुद्ध लामाले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाएका थिए भने दोस्रो भएका निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ र तेस्रो भएका प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएका थिए।

तपाईको प्रतिक्रिया