काठमाडौं – रसियासँगको सम्बन्धलाई लिएर विवादास्पद बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजीनामा दिएका छन । मुस्लिमलाई अमेरिका प्रवेशमा बन्देज लगाउने निर्णयलाई अदालतले रोकेपछि फ्लिनको राजीनामा प्रकरण ट्रम्प सरकारलाई दोश्रो झट्का हो ।
ट्रम्पले सपथ ग्रहण गर्नुअघि नै उनका सहयोगीका रुपमा रहेका फ्लिनले अमेरिकाका लागि रसियन राजदूतसँग कुराकानी गरेका थिए ।
अमेरिकाले रसियामाथि लगाएको नाकाबन्दीबारे कुराकानी गरेको तर त्यसको विस्तृत विवरण सरकारलाई नदिएको आरोप लागेको थियो । शुरुमा उनले रसियन राजदूत सेर्गे किस्ल्याकसँग नाकाबन्दीबारे विस्तृत वार्ता आफूले नगरेको बन्दै उक्त आरोप खण्डन गरेका थिए ।
फ्लिनको राजीनामा ट्रम्प सरकारका लागि दोश्रो ठूलो झट्का भएको अमेरिकी संचारमाध्यमले बताएका छन ।








