Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

सिड्नी – अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुद्री तटमा मृत भेटिएकी नेपाली युवतीको पहिचान खुलेको छ । मृतक युवती काठमाडौंकी २१ वर्षीया श्रृष्टि भण्डारी हुन् । हराइरहेका युवक भने झापा विर्तामोडका २७ वर्षीय सन्दिप उप्रेती भएको खुलेको छ ।

न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत उनीहरु साथीहरुसँग सोमबार साँझ समुन्द्री तटमा गएका थिए । सँगै गएका साथीहरुले बताए अनुसार अरु फर्किएपनि उनीहरु केहीबेरमा आउँछौं भन्दै तटमै बसेका थिए । उद्धार संस्थाका सदस्यले श्रृष्टिको शव मंगलबार बिहान ६ बजेतिर समुद्र तटको उत्तरी किनारामा फेला पारेका थिए ।

पूर्वी समुद्र तटका इन्स्पेक्टर एन्थोनी एग्न्युले भनेका छन, त्यतिबेला उनीसँग एक युवा पनि सँगै थिए । दुवैसँग सम्बन्धित निजी सामान समुद्र तटमा भेटिएको छ तर युवालाई फेला पार्न सकिएको छैन ।

तपाईको प्रतिक्रिया