Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

सिड्नी – अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुद्री तटमा एक नेपाली युवती मृत भेटिएकी छन् । एक युवक हराइरहेका छन् । न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत २० बर्षीया नेपाली छात्राको पहिचान हुन सकेको छैन । कलेजका साथीहरुका अनुसार उनी नेपालकी हुन् ।

तर, उनको परिवार अहिलेसम्म सम्पर्कमा नआएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ । उद्धार संस्थाका सदस्यले उनको शव मंगलबार बिहान ६ बजेतिर समुद्र तटको उत्तरी किनारामा फेला पारेका थिए । प्रहरीले उनको मृत्यु पानीमा डुवेर भएको बताएको छ ।

पूर्वी समुद्र तटका इन्स्पेक्टर एन्थोनी एग्न्युले भनेका छन, त्यतिबेला उनीसँग एक युवा पनि सँगै थिए । दुवैसँग सम्बन्धित निजी सामान समुद्र तटमा भेटिएको छ तर युवालाई फेला पार्न सकिएको छैन ।

तपाईको प्रतिक्रिया