Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – अमेरीकामा कागजात नभएका आप्रवासीमाथि व्यापक धरपकड भएको छ । अमेरिकी अधिकारीहरूले छापा मारेर कागजात नभएका सयौं आप्रवासीहरूलाई पक्राउ गरेकोे खबर आएका छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि सञ्चालन भएको यो सबैभन्दा ठूलो छापा मारिएको एएफपीले जनाएको छ ।

एएफसीका अनुसार संघीय अध्यागमन तथा भन्सार प्रवर्तन एजेन्सी (आईसीई)ले लस एन्जलस, न्युयोर्क, सिकागो, अस्टिन र एटलान्टा सहरमा छापा मारेका थिए । गत जनवरी २५ मा ट्रम्पले बिनाकागजात बसेका आप्रवासीहरूलाई देशनिकाला गर्ने विषयको कार्यकारी आदेश जारी गरेपछि यो कदम चालिएको बताइएको छ । सो कदमबाट आप्रवासीहरु त्रसित बनेका छन् । तर संघीय अध्यागमन तथा भन्सार प्रवर्तन एजेन्सीले भने यो आफ्नो नियमित काममात्र भएको बताएको छ ।

आईसीईका प्रवक्ता जेनिफर एल्जियाले यो अपरेसनको उद्देश्य आईसीईको यसअघिको भगौडा खोज अपरेसन टिमले सञ्चालन गर्ने गरेको अपरेसनजस्तै भएको बताएकी छन् ।आईसीईको लस एन्जलस अपरेसनका प्रमुख डेभिड मरिनले उक्त क्षेत्रबाट करिब १६० जना पक्राउ परेका बताएका छन् । तीमध्ये करिब ७० प्रतिशत यसअघि गुन्डागर्दीको आरोपमा दोषी पाइएको उनले बताए ।

केही मानिस भने कागजात नभएका कारण नै पक्राउ परेको उनले जानकारी दिएका छन् । ट्रम्प सत्तामा आएपछि गएको शुक्रबार रातिसम्ममा ३७ जना मेक्सिकन अमेरिकाबाट निकाला भइसकेका छन् ।

तपाईको प्रतिक्रिया