दुबई – नेपाल मगर संघ शाखा युएईको आयोजनामा ३५ औं मगर दिवस मनाउने भएको छ । प्रथम सहिद लखन थापा मगरको १४० औं स्मृति तथा विविध सांगीतिक माहौलमा यही २४ फेब्रुअरीमा मगर दिवस मनाउन लागिएको हो ।
प्रवासको भूमिमा पनि सम्पूर्ण मगरहरुलाई ऐक्यबद्धता गर्दै मगरहरुको कला, संस्कृति, मौलिक भाषा र भेषभुसाहरुको जर्गेना गर्ने मुख्य उद्देश्यका साथ सो दिवस मनाउन लागिएको हो । स्थापना कालदेखि अन्य संघ संस्थाहरुसंग सहकार्य र मगरहरुको उत्थान गर्दै आएका यस संस्थाले माघे संक्रान्ति कार्यक्रम भव्य रुपमा मनाएको थियो भने २४ फेब्रुअरीका दिन दुबईस्थित ईम्पिरियल सुईट होटलमा कार्यक्रम गर्न लागेको हो ।
सो अवसरमा नेपालबाट आउने अतिथि नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरको बिशेष उपस्थिति र अतिथि कलाकार मोडल तथा नृत्यगना आरुषी मगरका साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने छन् । उक्त कार्यक्रममा बिशेषगरी मगरहरुको संस्कृति झल्कने खालका प्रस्तुतिहरुका साथै मौलिक भेषभुसामा सजिएको देख्न पाईने बताइएको छ ।
तपाईको प्रतिक्रिया








