Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – युएईमा ज्यान गुमाएका दुई जना श्रमिकको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

युएईको पाल्पाली समाजले मृतकका बालबच्चाको बचत खातामा रकम पठाएको हो । युएईमा ज्यान गुमाएका रामपुर ११ पाल्पाका बाबुराम विक र रामपुर ४ रजघराका माधव गैरेको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

विकको एक छोरा र एक छोरीलाई शिक्षाका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ सहयोग गरिएको हो । जनकल्याण मावि रामटार रामपुरमा कक्षा ९ मा पढ्ने १५ वर्षीय छोरा रोशन र कक्षा ६ मा अध्ययनरत १२ वर्षीया छोरी मनिषा विकको नाममा अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थामा एक कार्यक्रमका बिच समाजका फुजेरा क्षेत्रीय अध्यक्ष इन्द्र बहादुर घर्तीले हस्तान्तरण गर्नुभयो ।

समाजले किरिया खर्चका लागि २५ हजार सहयोग समेत प्रदान गरेको छ । सहकारीमा जम्मा गरिदिएको रकम उनीहरुको अध्ययनमा खर्च गर्न सकिने छ ।

त्यस्तै युएईमा ज्यान गुमाएका अर्का माधव गैरेको नाताले ठुलोवुवा पर्ने यज्ञमुक्ती घिमीरेलाई किरिया खर्च भन्दै ७५ हजार रुपैयाँ गरिवी विकास बंैकको खातामा जम्मा गरेको समाजका महासचिव वेद प्रसाद अर्यालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया