अमेरिका – अमेरिकाका राष्ट्रपति बाराक ओबामाले रुसको तर्फबाट राष्ट्रपति चुनाव पूर्व भएको भनिएको साइबर आक्रमणको विषयमा छानबिन गर्न निर्देशन दिनुभएको छ ।

राष्ट्रपति चुनावमा प्रभाव पार्ने गरी भएको भनिएको साइबर आक्रमणका विषयमा छानबिन गर्न ओबामाले निर्देशन दिनुभएको हो । ह्याकरले डेमोक्र्याटिक पार्टीको इमेल तथा उम्मेदवार हिलारी क्लिन्टनका महत्वपूर्ण सहयोगीको इमेललाई निशाना बनाएका थिए ।
गएको अक्टोबरमा अमेरिकी सरकारी अधिकारीले रुसमाथि आरोप लगाउँदै चुनावमा प्रभाव पार्न खोजेको बताएका थिए ।राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन डोनाल्ड ट्रम्पले भने रुसमाथि लागेको आरोपको खण्डन गर्दै आउनुभएको छ ।
यही हप्ता उहाँले टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा पनि रुसले चुनावमा प्रभाव पार्ने काम नगरेको बताउनुभएको छ ।रुसमाथि राजनीतिक कारणले आरोप लगाइएको उहाँको दाबी छ । रुसका अधिकारीले पनि साइबर आक्रमणको आरोप अस्वीकार गर्दै आएका छन् ।








