Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – बेलायती संसदमा रुवाबासी भएको छ । बेलायतकी एक महिला सांसदले त्यहाँको संसदमा आफ्नो व्यथा सुनाएपछि संसदमै रुवाबासी भएको हो । _92895649_michelle

स्कटिश सांसद मिशेल थम्सनले बेलायतको तल्लो सदन (हाउस अफ कमन्स) मा आफूले बाल्यकालमै भोगेको यौन हिंसा सुनाएकी थिइन् । उनको कुरा सुनेपछि सभामुख सहित सांसदहरु रोएका हुन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान समाप्त भएको घोषणा गर्न संयुक्त राष्ट्र संघकोतर्फबाट आह्वान गरिएको अन्तर्राष्ट्रिय दिवसको अवसरमा संसदमा बहस भइरहेका बेला सांसद मिशेल थामसनले आफ्नो व्यक्तिगत जीवनका बारेमा बताएकी हुन् ।

सांसद थम्सनका अनुसार उनी १४ वर्षको छँदा एक निकतस्थले उनलाई बलात्कार गरेका थिए । उनले संसदमा आफ्ना कुरा राखिरहँदा स्कटिश नेशनल पार्टीका सांसदहरुले उनलाई सान्त्वना दिएका थिए । संसदमा उपस्थित लगभग सबै सांसद उनको कुरा सुनेर रोएका थिए । _92895650_british_parliamentउनका अनुसार त्यो मान्छेले उनको घरजाने बाटो नभएर अर्कै बाटो लगिरहेको थियो । ‘उसले मलाई केही देखाउनु छ भनेर अर्कै बाटो लगिरहेको थियो, साँच्चै भन्ने हो भने मलाई त्यतिबेला बलात्कार के हो भन्ने पनि थाहा थिएन,’ उनले भनिन्, ‘म भाग्न सक्दिन थिएँ, किनकि ऊ म भन्दा शक्तिशाली थियो ।’ –एजेन्सी

तपाईको प्रतिक्रिया