पेरिस – फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्नु भएको छ । यस अघिका प्रधानमन्त्री म्यानुएल भल्जले आगामी बर्ष हुन गइरहेको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निश्चयकासाथ प्रधानमन्त्रीबाट राजिनामा दिनु भएको हो ।
राष्ट्रपतिले वर्तमान गृहमन्त्री बर्नार्ड काजेनुभलाई निवर्तमान प्रधानमन्त्री म्यानुएल भल्जको ठाउँमा प्रतिस्थापन गर्नुभएको छ । यससँगै नयाँ प्रधानमन्त्री काजेनुभलाई आगामी जुनमा हुने संसदीय निर्वाचन गराउने मुख्य जिम्मेबारी आएको छ ।








