Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

पोर्चुगल – पोर्चुगल भ्रमणमा रहेका भूतपूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको सम्मानमा गोर्खा समाज पोर्चुगले एक स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रम औपचारिक रूपमा सम्पन्न गरेको छ ।

15151064_1213329628723857_725941049_n

पोर्चुगलमा विभिन्न पेसा, व्यवसाय तथा रोजगारीमा रहेका गोर्खालीहरुको उलेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा डा. भट्टराईलाई गोर्खा समाजको तर्फबाट अन्तर्राष्ट्रिय संयोजक सुरेन्द्र अमगाईं र पोर्चुगलका संयोजक रुपक श्रेष्ठ लगायतले स्वागत तथा सम्मान गरेका थिए । भने एक आपसमा परिचय गर्दै पोर्चुगलमा नेपालीहरूको स्थिति तथा समस्याहरूको बारेमा जानकारी गराएका थिए ।

साथै पोर्चुगलमा रहेका नेपालीहरूको प्रमुख समस्याहरूको समाधान गर्न श्रम सहचारी सहितको नेपाली राजदूतावासको अति आवश्यक रहेको जानकारी गराउँदै पोर्चुगलमा नेपाली राजदूतावासको स्थापना र नेपालमा पोर्चुगाली राजदूतावास स्थापना गर्न आवश्यक कुटनैतिक पहल गर्न VFS Global स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

तपाईको प्रतिक्रिया