काठमाडौँ – सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले सीमाङ्कनसहित संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताउनुभएको छ ।
मधेसी मोर्चा सप्तरीले बुधवार भारदहमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता महतोले आफूहरुको माग सम्बोधन भएमात्र सरकारमा जान सकिने उहाँले बताउनुभयो ।
तेस्रो मधेस आन्दोलनका क्रममा एक वर्षअगाडि सप्तरीको भारदहमा मृत्यु भएका राजीव राउतसहित छ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महतोले यस्तो कुरा बताउनुभएको हो । आन्दोलनका क्रममा सप्तरीमा सहादत प्राप्त गरेका छजनाका पत्नीलाई दोसल्ला ओढाई सम्मानसमेत गर्नुभएको थियो ।








