Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

नगन ति खोला का ढुङ्गाहरु, बस तिमी आफ्नो लक्ष्य लाई हेर

जो बित्यो बिती सक्यो अब आउने वाला भोलिलाई हेर  ।

प्रत्येक पथ मा आउँछन् बाधाहरू

हिम्मतले सबैलाई पार गर

कति छन आफ्नो भबिष्यका सपनाहरु

आफ्नै  मेहनत बाट साकार गर ।

चारैतिर अबरोध आउछ कसरी? आँखा खोली हेर

जो बित्यो बिती सक्यो अब आउने वाला भोलि हेर ।

जीवन झरनाको पानी जस्तै हो

छङ् -छङ् मधुरो धुनमा गाउँछ

गतिमान हुँदै ठोक्किएर चट्टानहरुमा

बिस्तारै मैदानमा गएर सुस्ताउँछ ।

कुनै वृक्ष लगाउ छाँयाको, भविष्यको झोली हेर

जो बित्यो बिती सक्यो अब आउने वाला भोलिलाई हेर ।

 

जो मान्छे हिड्दा हिड्दै बाटोमा रोकिन्छ

त मात्र केवल उसलाई अध्यारो मिल्छ

जो सधैं लक्ष्य लिएर जागिरहन्छ

उसलाई नै एउटा नयाँ बिहानी मिल्छ |

होस कठिन प्रश्न चाहे जति, तिमी उत्तर एउटा दिमाग खोली हेर

जो बित्यो बिती सक्यो अब आउने वाला भोलि हेर ।

-असुरकोट-९, जोगिटारी, अर्घाखाँची

तपाईको प्रतिक्रिया