Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौँ – फिफा विश्वकप–२०२६ को तयारीस्वरूप खेलिएका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्स पराजित भएको छ भने स्पेन बराबरीमा रोकिएको छ। बलियो टोली फ्रान्सलाई आइभरी कोस्टले २–१ गोलअन्तरले हराएको हो। खेलको पहिलो हाफको अन्तिम मिनेटमा रायन चेर्कीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा आइभरी कोस्टले उत्कृष्ट पुनरागमन गर्‍यो।

आइभरी कोस्टका गुएला डुएले ५३औँ मिनेटमा बराबरी गोल गरे। त्यसपछि ८४औँ मिनेटमा अमद डायलोले निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।

यता, अर्को मैत्रीपूर्ण खेलमा स्पेन र इराकले १–१ गोलको बराबरी खेले। खेलको १६औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई अघि बढाएका थिए। तर इराकले पनि छिट्टै खेलमा फर्किँदै २७औँ मिनेटमा मर्चास डोस्कीमार्फत बराबरी गोल गर्‍यो। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमा समाप्त भयो।

तपाईको प्रतिक्रिया