Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

सिन्धुपाल्चोक— बाबु पशुपति शम्शेर राणाको पक्षमा भोट माग्न देबीयानी राणा बुधबार सिन्धुपाल्चोक आइपुगेकी छिन्। राजधानीबाट गाडी चढेर आइपुगेकी देबीयानीले क्षेत्र नं. ३ को सिन्धुकोट गाविसमा बाबु राणासँगै घरदैलो गरिन्। बुधबार दिउँसो उनी स्थानीय उपस्वाथ्य चौकीमा आयोजित चुनावी सभामा सरिक भइन्।

 

उनका बाबु राप्रपाका पूर्वकेन्द्रीय अध्यक्ष राणा यस क्षेत्रका उम्मेदवार हुन्। राणा यस क्षेत्रबाट पाँचौ पटक उम्मेदवार बनेका हुन्। ४० वर्षदेखि सिन्धुपाल्चोकबाट राजनीति गरिरहेका राणाले यही क्षेत्रबाट लगातार तीनवटा संसदीय निर्वाचन जितेका थिए। गत संविधानसभा निर्वाचनमा भने उनी यही क्षेत्रबाट पहिलो पटक पराजित भए। माओवादीका दावा तामाङले चुनाव जित्दा उनी १० हजार मत पाएर तेस्रो स्थानमा खुम्चिएका थिए।

 

यस क्षेत्रमा राणा ‘बाबु सोहब’, ‘राजा साहेब’, ‘सानु राजा’ नामले चिनिन्छन्। छोरी देबीयानी आउने भएपछि सभामा राप्रापा कार्यकर्तासहित स्थानीयको बाक्लो उपस्थिति छ। राणाले चुनावी प्रचारमा छोरी देबीयानीलाई जिल्लामा ल्याएको यो दोस्रो पटक हो।यसअघि गत संविधानसभा निर्वाचनमा पनि उनी बाबुलाई भोट माग्न यहाँ आइपुगेकी थिइन्। त्यतिबेला उनले ३ नम्बर क्षेत्रको ज्यामिरे, शिखरपुर लगायत गाविस डुलेर घरदैलो गरेकी थिइन्। ब्लाउज र साडीमा स्पोर्टस् जुत्ता लगाएर ठमठम उकालो ओरालो गर्दा स्थानीय दंग परेका थिए। ६ वर्षपछि हुन लागिरहेको चुनावमा धेरैतिर सडक पुगेपछि यसपटक भने उनी गाडीबाटै सिन्धुकोट पुगिन् ।

 

‘सभा सकिएपछि बाबुछोरी आजै साँझ राजधानी फर्कनु हुनेछ,’ ३ नम्बर क्षेत्रीय अध्यक्ष उदय सापकोटाले नागरिकन्युजसँग भने, ‘शुक्रबार इचोकमा हुने चुनावी कार्यक्रममा फेरि दुबै आउनु हुनेछ ।’ कोजाग्रत पूर्णिमाका दिन घरदैलोमा निस्केर चार दिनअघि राजधानी फर्केका राणा बुधबार फेरि आएका हुन् ।

तपाईको प्रतिक्रिया