Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

IMG_20131018_062317झुट्टा आश्वासनको भरमा

फेरी पनि तिमीले चुनाव

जित्ने छौ नेता।

 

फेरी पनि सदनमा गएर

अल्पमत र बहुमतको खेल

मन्चन गर्नेछौ नेता।

 

फेरी पनि सत्तामा पुग्नेछौ।

अनि कमिशनको खोला

बगाउने छौ।

भ्रस्टाचारको महल ठडाउनेछौ नेता।

 

जनताले

महंगी बेहोर्नेछन

चौतर्फी अभाव बेहोर्नेछन।

लोडसेडिङ् खाने पानी

बिजुलीको चर्को भाउ बेहोर्नेछन ।

 

जब संविधानको सवाल आउछ

चर्को बादविवाद गर्नेछौ।

सबैले आ आफ्नै कुरा सहि भन्नेछौ।

सहमति र सहकार्य तोड्नेछौ।

ब्येर्थको बादविवादमा

समय फाल्नेछौ।

 

र अन्तमा

फेरि पनि समय अभावको नाटक

मंचन गर्नेछौ,समय थपको नारा

घन्काउने छौ।

 

सनम गोले

दामन मकवानपुर

हाल मलेशिया

तपाईको प्रतिक्रिया