Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
टिकट पाए आफूले जित्ने सबैको दाबी
काठमाडौं- संविधानसभाको निर्वाचनमा उम्मेदवार दर्ताको मिति नजिकिदै गर्दा अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिवहरु दिनभर फोनमा व्यस्त देखिन्छन् । उनीहरुलाई आउने अधिकांश फोन दाहाललाई भेट मिलाइन आग्रह हुन्छ । यो बेला दाहाललाई भेट्न चाहनुको मुख्य उद्देश्य भने अरु नभए प्रत्यक्ष निर्वाचनमा टिकट माग्ने र समानुपातिक सूचीमा नाम राखिदिने आग्रह गर्ने हो ।
पहिलेको तुलनामा दाहाल निवासमा बिहानैदेखि निर्वाचनमा टिकट माग्ने नेता तथा कार्यकर्ताको घुइचो लाग्छ । ‘टिकट माग्नेहरुको निकै चाप छ’ दाहालको स्वकीय सचिवालयले भनाइ छ, ‘अध्यक्षलाई भेट्नेहरुमध्ये अधिकांशले प्रत्यक्ष वा समानुपातिकमा राखिदिन आग्रह गर्छन् ।’ दाहाललाई भेट्ने समय नपाउनेहरुले स्वकीय सचिवहरुमार्फत् कुरा मिलाइदिन समेत आग्रह गर्छन् । यसरी टिकट माग्नेहरुमा १० वर्षे सशस्त्र युद्धमा लागेदेखि नवप्रवेशीहरु समेत छन् ।
‘अध्यक्षलाई भेट्ने समय नपाउनेहरु रिसाउने पनि त्यत्तिकै छन्’ एक स्वकीय सचिबले अनुभव छ ।
नेता बाबुराम भट्टराईलाई भेट्न चाहनेहरुको पनि त्यत्तिकै चाप छ । उनीसंग टिकट माग्नेहरुको संख्या ठूलो छ । लाजिम्पाट पुगेका कतिपय व्यक्ति सानेपामा पनि टिकट ‘कम्र्फम’ का लागि धाउछन् । उनलाई भेट्नेहरुको एउटै भनाइ हुन्छ, ‘अरुले उठे भन्न सकिन्न, म उठे अवश्य जित्छु ।’ भेट्ने समय नपाएर रिसाउने सामान्य जस्तै भइसकेको छ । ‘सबै कार्यकर्ताहरु आफूलाई उम्मेदवार ठानेर आएका हुन्छन्’ उनको सचिवालयको भनाइ छ । बाक्लो भेटघाटका कारण भट्टराईको निर्वाचन घोषणापत्र लेखन प्रभावित भएकाले शनिबार उनी निवास छाडेर अन्तै लागेका छन् ।
त्यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठसंग पनि टिकटका आग्रह गर्नेहरु पनि उत्तिकै छन् । यसअघि नेताको भनसुनका आधारमा टिकट, पद पाएकाले उनीहरु नेताकहा धाउने गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि चहलपहल ह्वात्तै बढेको छ । नेतालाई भेट्न समय नपाएकाहरु आफ्नो दाबी प्रस्तुत गर्न केन्द्रीय कार्यालय पुग्छन् । त्यसबाहेक पार्टीका अन्य प्रभावशाली नेताहरुलाई टिकटका लागि भनसुन गरिदिन आग्रह गर्नेहरु पनि धेरै छन् ।
एमाओवादीले प्रत्यक्ष र समानुपातिक गरी ५८५ चयन गर्नुपर्छ । यसका लागि दुई हजार पाँच सयको सूची केन्द्रीय कार्यालयमा छ । नेता पोष्टबहादुर बोगटीको संयोजकत्वमा उम्मेदवार छनोट समितिले उम्मेदवार चयनका लागि गृहकार्य थालेको धेरै समय भइसकेको छ । ‘उम्मेदवार छनोट प्रक्रिया छिटो पनि गर्न नहुने, ढिला गर्न पनि नहुने हुन्छ’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘त्यसकारण सबै सन्तुलन मिलाएर गर्नुपर्छ ।’
प्रत्यक्षका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट ५/५ जना र समानुपातिका लागि पनि एक सिटका लागि ५/५ जनाको सूची एमाओवादीले तयार पारेको छ । त्यसबाहेक भाते संगठन, मोर्चाबाट पनि उम्मेदवाकार लागि सिफारिश आएका छन् । ‘उम्मेदवारका लागि धेरैजसो नाम संस्थागत रुपमा आएका छन्’ उनले भने, ‘संस्थागत रुपमा आएका नाममा केही मात्र संशोधन हुन सक्छ ।’
एमाओवादीले उम्मेदवार चयन गर्ने बिधिलाई बिगतभन्दा परिमार्जन गरेको छ । प्रत्यक्षमा जित्न सक्ने उम्मेदवारलाई बिवादबीच पनि टिकट दिने प्रक्रिया उसले अघि बढाएको छ । ‘स्वच्छ छवि भएको जनतामा स्थापित, पार्टीमा योगदान गरेको, जित्न सक्ने व्यक्ति उम्मेदवार छनौटको प्राथमिकतामा पर्छन्’ प्रवक्तको भनाइ छ । त्यसबाहेक महिला, दलित, मुस्लिम, आदिवासी/जनजाति र पिछडिएको क्षेत्र र सहिद, बेपत्ता परिवार, घाइतेलाई पनि प्राथमिकतामा राखेको छ ।
पार्टीमा नवप्रवेशीलाई प्रत्यक्षमा टिकट दिन कतिपय क्षेत्रमा हेडक्वारटले हस्तक्षेप गर्ने पर्ने अवस्था आएको स्रोतको भनाइ छ । एमालेबाट प्रवेश गरेकी उर्मिला अर्याललाई पर्साबाट टिकट दिन केन्द्रबाटै हस्तक्षेप गरी कुरा मिलाइएको थियो । मधेशका केही क्षेत्रमा उम्मेदवारको बिवाद अझै मिलेको छैन । एमाओवादीले त्यसलाई मधेशको बिशेषता ठान्छ । यसअघि पनि बिभिन्न समयमा बिवाद भएको थियो । एमाओवादीको भोजपुरा राज्य (बारा, पर्सा, रौतहट) मा उम्मेदवार चयनको बिवाद समाधान भएको छैन ।

तपाईको प्रतिक्रिया