Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

kalpanaचिट्ठी
यो बिरानो मुलुकबाट मेरो प्रियतम
तिमीलाई आफ्नै हृदयको खाम भित्र पटाएर
पठाएकी छु यो फगत चिट्ठी मात्र हो भनेर नसम्झनु
यस भित्र
मेरा जीवन संङ्घर्षका
गाथाहरु, तिम्रो स्नेहमयी हातहरुको स्पर्श बिनाका
यी पलहरु अन्धकारमय कालो पर्दा ओडाइएर ज्योति खोसिएका मेरा
आँखाहरु मेरो सुन्दरता हराइएको कुरुप अनुहार
मिठास खोसिएका सपनाहरु र धैर्य लुटिएको पन
सँगै पठाएकीछु
यो खाम ति पाखा पखेरामा गला खोले झै खोल्नु
र अमिलो मन बनाउँदै बिरहका
भाका सुसेल्नु
तिम्रो आत्मा पग्लिएर रोएछौ भने
आँसुको छिटाले भिजेको चिट्ठी नाङ्गो
शरीरमा च्वास्स पोल्यो भने सान्त्वनाको पाती
दल्ने प्रयास गर्नु
अतितलाई न कोट्याउनु फेरी नमीठो दुखाइले सताउला
विक्षिप्त त्यो तन मन पग्लिएला म स-साना लाला बाला छोडेर
पैसा कमाउन
हुत्तिंदै प्रदेशिंदाको झट्का
बिजुलीको भन्दा कम कहाँ होला र?
बिरानो पाते विच्छीले झुक्काएर स्वभिमानलाई छुँदा
दाग लागेर टट्टाइरहेको यो मन पाकेपछि
पसिना बनेर बगेको यो शरीर
धेरै धन कमाउने सपना पोको पारी भोको पेट
लिएर आफू पौडी खेल्दाको अनुभव मिसिएको
यो चिठी मात्र नसम्झनु
यो त विदेशिन बाध्य
नेपालीको जीवन हो
कैयौ कर्मठ महिलाको
जिन्दगी हो ।।।
बाध्यता हो, त्याग हो, अनि बलिदान पनि ।

गैडाकोट-४,नवलपरासी
हाल:इजरायल

तपाईको प्रतिक्रिया