Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

धान रोप्ने बेलामा बारी खेतको याद आयो ।
तिमी रोपार म बाउसे टारी खेतको याद आयो ।।

हलो जुवा कोदालो मुशल धारे पानीमा ।
माले झुले जोतेको पारी खेतको याद आयो ।।

साल्बोटे आरुबोटे कात्तिके र सुन्तले ।
आली र ऐचिला घारी खेतको याद आयो ।।

धान रोप्ने बेलामा बारी खेतको याद आयो ।
तिमी रोपार म बाउसे टारी खेतको याद आयो ।।

-सावारा योङ्हाङ
पाँचथर नागी -५

तपाईको प्रतिक्रिया