Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

rambhakta-raiनेपालमा यस्तो मान्छे जन्मियोस अब
उ जन्मैबाट निस्वार्थ होस
समय नरोकिए झै निरन्तर  समाजसेवी बनोस
आफु भोको रहेर अरुको पेट भरोस
आफु नाङ्गो भएर अरुलाई बस्त्र देओस
आफु रुझेर अरुलाई ओत प्रदान गरोस
आफु मरेर भएपनी देशलाई बचाओस
अन्धकार चिरेर उज्ज्यालो प्रकाश देओस
जसको कारण हाम्रो छाती गर्बले फुकाउन पाइयोस
जो हाम्रो देशको नेता बनोस

अब यस्तो मान्छे पाइयोस नेपालमा
जो अभियोग नलागेको होस
जो जेल नपरेको होस
जो कुराले  हैन कर्मले परिचित होस
जो लफडाले हैन नैतिकताले  चर्चित होस
उ एक समुदायको  नभएर देशको बनोस
उ हिंसाको हैन शान्तिको पूजारी होस
उ छिमेकीको भरमा हैन आफ्नो खुट्टामा उभियोस
जो जिम्मेवारीबाट नभागोस, कर्तब्य पुरा गर्न सकोस
जसलाई मेरो नेता भन्न पाइयोस

कुकर्म दुराचारीको अन्त्य होस अब नेपालमा
अफिस जाँदा कामको लागि घुस कसैले दिन नपरोस
जागिर खोज्न जाँदा भनसुन गर्न नपरोस
आफ्नो टोल बस्तीमा आनन्दले  सास फेर्न पाइयोस
हत्या, हिंसा अनि बलत्कारको घटना  सुन्न नपरोस
भोको नाङ्गो कोही देख्न नपरोस
महिला-पुरुष, दलित-जनजाती-आदिवासी कही बिभेद नहोस
मधेसे, पहाडी अनि हिमालीको हैन नेपालीको भाव जागोस
अकुत सम्पत्ति कसैले कमाएको सुन्न नपरोस
विकासको टेन्डरमा कहिलै डनगिरी र नेतागिरी नघुसोस
यी सबै गर्न सक्ने नेता जुरोस हाम्रो नेपालमा

-लण्डन

तपाईको प्रतिक्रिया