Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
helicopter_20130713063909विवाहमा ५७ वटा सवारी, ५५ तोला सुन
चितवन – यहाँका एक धनाढ्य परिवारमा विवाहका लागि हेलिकोप्टर नै चार्टर गरेर दुलही अन्माएका छन् ।
विवाहलाई भब्य बनाउन अनेक सुबिधा प्रयोग गरेका दुलाहा रविसम्शेर थापाले दुलही लिनका लागि हेलिकक्टर चार्टर गरेर ल्याएका हुन् ।
एयर डाएनेष्टी नाइन एन एइएक्स नम्बरको हेलीकप्टर उनले २ घण्टाका लागि ४ लाख तिरेर भाडामा लिएका हुन् । लमजुङ बेशीशहर-३ त्रिवेणीटोलका तिलकबहादुर पौडेलकी छोरी साजनासाग बिबाह गरेका उनले दुलही लिन हेलिकप्टरमा सरर् उडे । साढे ११ बजे भरतपुर बिमानस्थलमा अबतरण गरिएको हेलीकप्टरमा उनलाई पुर्‍याउन आफन्तको ठूलो भीड थियो । हेलीकप्टर ५ जना क्षमताको भएकोले उनले हजुरवुवा मोहनबहादुर, बहिनी पिन्की, भिनाजु भुवनबिक्रम कुँवर र दाइ नाता पर्ने रोनाल्ड डल्लाकोटीलाई लगेका थिए ।
‘हजुरवुवाको अन्तिम ईच्छा पूरा गर्न हेलिकप्टर ल्याएको हुँ’, एयरपोर्टमा ईकान्तिपुरसँग कुरा गर्दे दुलाहा रविले भने,’हजुरवुवा गाडीमा जान सक्नुहुन्न, उहाँको मेरो विवाहमा जन्ती जाने चाहना पुरा गरेको हुँ ।’ यो आबश्यक देखेर भाडामा लिएको उनले प्रष्ट्याए ।
यो विवाहमा जन्ती जाने मात्र ६ सय बढी छन् । १२ नं टोलका अधिकांश र जिल्लाका गन्यमान्य ब्यक्तिलाई निमन्त्रणा गरिएको दाजु रोनाल्डले जानकारी दिए ।
भरतपुरमा सम्भवतः अहिलेसम्मकै यो ठूलो र भब्य बिबाह भएको स्थानीय बताउँछन् । ‘हामीले यसको विवाह भब्य बनाउनै खोजेका हौं’,रोनाल्ड भन्छन्’, ‘जन्तीका लागि ५५ वटा जिप, कार, ३ ठूला बस भडामा लिइएको छ ।’ ५५ तोला सुन मात्र खरिद गरिएको उनले जानकारी दिए ।
के भन्छ त कानुन ?
अहिले भड्किलो बिबाह गर्ने लहर चलेकै बेला सरकारी निकायले नरोकेपनि कानुनले कसैलाई पनि यस्तो गर्न छुट दिएको छैन । कानुन ब्यवसायीका अनुसार, यस्तो बिबाह गर्नेलाई सरकारी अधिकारीले सचेत बनाएर रोक लगाउन पाउँने अधिकार छ । चितवन वारका अध्यक्ष राजकुमार श्रेष्ठले सामाजिक सुरक्षा ऐन बमोजिम ५० जना मात्र जन्ती लान पाउने ब्यबस्था कानुनमा रहेको उल्लेख गरे । दाइजो वा उपहारको रुपमा १० हजार मात्र उपयोग गर्न पाइन्छ, उनले भने,’तर, अहिले यो ब्यबहारिक रुपमा सम्भव देखिएको छैन् ।’ कानुनमा संसोधन नगरेसम्म कारवाहीको मापदण्ड र प्रयोग सधैंभरी यस्तै फितलो भइरहने उनले बताए । दाइजो लिन वा दिन पाईंदैन, तर खुशीले उपहारको रुपमा लेनदेनलाई कानुनले नरोकेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया