Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
ढुङ्गालाई देउता मानी फूलअक्षता छर्छौ हामी
अछुत भनी मानवलाइनै अपमान गर्छौ हामी ।
संसार भरका प्राणी जाती इश्वरकै सन्तान हुन
पशु बली चढाएर पापको घैला भर्छौ हामी
सानो चोट लाग्दा हाम्लाई रुन्छौ पीडा भयो भन्दै
जीव जन्तुको मासु खान तिन्को प्राण हर्छौ हामी
नारी र पुरुष भन्ने दूइटा मात्र जात हुन नि
अनेक थरी धर्म अनि जात्जाती र थर छौ हामी
कुरुती र् कुसंस्कारलाई यथाबतै कायम राखी
पुन्य पाउन हत्या गरी आँफै तल झर्छौ हामी
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

तपाईको प्रतिक्रिया