दुबई (युएई)– नेपाल आदिवासी जनजाति युवा परिषद् युएईले गत १९ अप्रिल शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा विविध सांगीतिक कार्यक्रमका साथ प्रथम ऐतिहासिक महाअधिवेशन सम्पन्न गरेको छ । स्थापना भएको एक बर्ष पूरा गरी नयां कार्यसमिति चयन गर्नका लागि सो महाधिवेशन गरेको हो ।
उक्त महाधिवेशनको अध्यक्षता हरिबहादुर घर्ति मगरले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा नेपाली राजदूतावासका राजदूत धनञ्जय झा रहनुभएको थियो । त्यस्तैगरी बिशेष अतिथिमा संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जनजाति बुद्धिजीवि डिआर गुरुङ र अन्य अतिथिहरुमा विविन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि र पत्रकारहरु रहेका महाधिवेशन तथा सांगीतिक कार्यक्रमलाई सुशी घर्ति मगरले संचालन गरेकी थिइन् ।
नेपाल आदिवासी जनजाति युवा परिषद् युएईका उपाध्यक्ष मोहनकुमार तामाङको शुभकामना मन्तव्य तथा उपस्थित अतिथिहरुद्धारा दीप प्रज्योलनका साथ थालनी गरिएको महाधिवेशनमा महासचिव पृथिछक वुढा मगरले एक बर्षसम्मको बार्षिक कार्य प्रतिवेदन पढेर सुनाएका थिए ।
प्रथम महाअधिवेशनले हरिबहादुर घर्ति मगरको अध्यक्षतामा २७ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । जसमा क्रमशः अध्यक्षमा हरिबहादुर घर्ति मगर, उपाध्यक्षमा मोहनकुमार तामाङ, चन्द्रकला राई, कोषाध्यक्षमा दिपेन्द्रकुमार राई, सहकोषाध्यक्षमा बिर्खबहादुर लिम्बु, महासचिवमा पृथिछक वुढा मगर, सचिवमा बिन्दुथोकर तामाङ, प्रवक्तामा नविन थापा मगरलाई चयन गरेका छन् ।
अन्य जातीय संगठन बिभाग प्रमुखहरुमा तामाङ समुदायमा भिम लामा, तमु समुदायमा मिलन गुरुङ, मगर समुदायमा मनोज काउंछा, नेवा समुदायमा सूर्यभक्त श्रेष्ठ, लिम्बु समुदायमा दीपराज लिम्बु, धिमाल समुदायमा मदन धिमाल, राई समुदायमा चन्द्र राई, छन्तेल समुदायमा द्रकेन्द्र छन्तेल, थारु समुदायमा हरिराम चौधरी, माझी समुदायमा दिनेशकुमार माझी र महिला तथा जनसम्पर्कमा सुशी घर्ति मगर रहेका छन् ।
त्यस्तैगरी सदस्यहरुमा दीपक पुन मगर, बिकास थापा, धनबहादुर छन्तेल, कुलबहादुर राना र काचुङ लामा रहेका छन् भने सल्लाहकारहरुमा चन्द्रबिक्रम सारु, आशिष राई र ललित लिम्बुलाई चयन गरेका छन् ।
भूमिपुत्र व्याण्डको बिशेष सक्रियतामा युएईमा छरिएर रहेका विभिन्न कलाकारहरुलाई समेट्दै विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । सधै हुने कार्यक्रममा भन्दा यसपालिको सांस्कृतिक प्रस्तुतिहरु धेरै फरक भएकाले उपस्थित दर्शकहरुले भरपूर्ण मनोरञ्जन लिएका थिए ।








