Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

युएईनेपाली हास्य संगीतका चर्चित गायक प्रकाश पौडेललाइ पथरी युवा समाज युएइले एक कार्यक्रमका वीच सम्मान गर्ने  भएको छ ।

दुइ दशक देखि हास्य गायनमा क्रियाशिल पौडेल बिगत केही साल अगाडिदेखि रोजगारीका शिलशिलामा युएइमा रहेर सांगीतिक यात्रा पनि अगाडी बढाई रहेका छन ।

पथरी युवा समाज युएईले नव बर्ष २०७० को अबसरमा युएईमा रहेका विभिन्न संघ सस्थाहरुबिच खुल्ला नृत्य प्रतियोगिताको पनि आयोजना गरेको छ । अप्रिल २६ तारिक आयोजना गरिएको उक्त प्रतियोगिताको दिन गायक पौडेललाई पनि सम्मान गर्न लागिएको समाजका अध्यक्ष कृष्ण पौडेलले बताए ।

बिभिन्न ६ गीति एल्बम बजारमा ल्याइसकेका गाएक पौडेलले भखरै नयाँ हास्य गीति एल्बमको तयारीमा हासेको गीत र अरेबि सस्क्रितीको सिम्मल गीत सलाम मालिकम गीति भिडियो बजारमा ल्याइसकेका छन् । पौडेलले गाएका गीतहरु नाइँ मलाई त्यी केटि चाईनछ,  मैले तिमी पाउनै पर्छ, मेरो साथीको सुकेको जीउ, ए यो कुरा कसैलाई नभन्नु ल,  तिते पाति तिते पाती ज्याप ज्याप जस्ता लोकप्रिय गीत निक्कैनै चलेका गीतहरू मध्येमा पर्दछन् । सन् २००६ मा स्थापना भएको समाजले स्थापना समय देखिने युएइको नेपाली हरुलाई बिभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै आएको समाजका सस्थापक अध्यक्ष मोहन नेपाल बताउँछन ।

तपाईको प्रतिक्रिया