Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

anup raj kandelविश्वव्यापी आवश्यकता र मागको विषय बनेको सूचनाको हक यहाँ पनि निकै चर्चा, परिचर्चाको पक्ष बन्दै आएको छ । कुनै पनि सूचना पाउनु जनताको अधिकार भएकाले यसका निम्ति आवाज उठ्नु अस्वाभाविक होइन । सूचना पाउनुपर्ने अधिकारलाई विश्वका अनेक देशले अङ्गीकार गरिसकेका छन् । करिब एक सय देशले सूचनाको हकलाई स्विकार गरिसकेका छन् भने कैयन् मुलुक यस दिशामा क्रियाशील छन् । सूचनाको हक अपरिहार्य हिसाबमा प्रत्याभूत हुनुपर्नेतर्फ यहाँ पनि निकै सक्रियता रहेको छ । नेपालको अन्तरिम संविधान-२०६३ को धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको सूचना माग्ने वा पाउने हकको प्रत्याभूति गरिएको छ भने सूचनाको हकसम्बन्धी ऐन-२०६४ पनि लागु भइसकेको छ । लोकतान्त्रिक, गणतान्त्रिक महायात्रामा लम्किएको नेपालको भावी संविधानमा समेत सूचनाको हकको प्रत्याभूति हुनुपर्नेमा दुईमत रहँदैन । राजनीतिक दल, नागरिक समाजलगायतका क्षेत्र सूचनाको हक संविधानमै प्रत्याभूत हुनुपर्नेतिर रहेकाले सूचनाको हकका सम्बन्धमा भावी दिन अझ सुदृढ बन्ने विश्वास राख्न सकिन्छ ।

सूचनाको हक प्रत्याभूत भएका खण्डमा नै नागरिकका अधिकार संरक्षित हुनसक्ने र मुलुकको विकास, निर्माण तथा लोकतन्त्रको प्रगतिमा पनि मद्दत पुग्ने प्रस्ट छ । सूचनाको हक संविधान तथा ऐनमा उल्लेख हुनु मात्र सन्तोषको कुरो होइन, यसको कार्यान्वयन तह पनि त्यत्तिकै सशक्त हुनु जरुरी छ । भ्रष्टाचार निवारण, जनसहभागिता एवं लोकतन्त्रलाई संस्थागत गर्ने सवालमा प्रभावकारी ढङ्गबाट सूचनाको हक प्रबर्द्धित हुनुपर्ने स्वरसमेत उरालिएको छ ।

यसरी सबैतिर फैलिएको सूचना दिन र व्यत्तिले पाउनु अधिकारको कुरा उठिरहँदा हामीहरु नै सचेत हुन सकिरहेका छैनउ । विधुतिय संचारको यस युगमा सामाजिक संजालको दुरुपयोग गर्दै हामीहरु नै आतंक फैलाई रहेका छौ । पूर्व युवराज पारसको घटनाबाट पाठ सिक्न नसकेका हामी फेरि अफवाहको सिकार भएका छौ । यस कुराको हालै मलेसियाको घटनाबाट प्रष्ट भएको छ । सामाजिक संजाल फेसबुकबाट फैलिएको यस कुराको घटनालाई लिएर फैलिएको अफबहालाई निवारण गर्नैपर्छ । हाम्रो सामाजिक संरचनामा दंगा फैलाउने यस्ता किसिमका क्रियाकलापलाई रोक्न ठोस कदम चाल्नैपर्छ । घटना के हो भन्ने थाहा नहुदै मिडियामा प्रस्तुत गर्ने माथि कारबाही गर्नुपर्छ । त्यसमा पनि पहिला हामी आफै सचेत हुनु जरुरी छ । हाम्रो हात हातमा भएको यस सामाजिक संजाललाई दुरुपयोग हुनबाट जोगाउन हामी आफै सचेत हुनु आवश्यक छ । यस्तो झुठो समाचार फैलिरहदाँ मुकदर्शक भईरहेकोमा मलेसिया स्थित नेपाली राजदूतावास पनि दोषी ठहरिन्छ । हप्तादिन पछाडि वक्तव्य निकालेर घटनामा नेपालीको मूत्यु नभएको जनाउनुले कुनै तुक राख्दैन् । अफबाह फैलिएको तुरुन्त सत्यतथ्थको जानकारी राजदूतवासले नदिएकाले यो धेरै फैलिन पाएको हो । यसतर्फ आगामी दिनमा नेपालका विदेशमा रहेका सबै राजदूतवासले एउटा पाठ सिक्नु पर्दछ ।
[email protected]

(लेखक नेपाल पत्रकार महासंघ जापान शाखाका सचिब हुन ।)

तपाईको प्रतिक्रिया