Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

ok1काठमाडौं – जाडो याम संगै युरोप यात्रामा निस्किएका नेपाली युवा बिश्व साइकलयात्री सौरब दाहाल ५५ औं राष्ट्र बेल्जियम पुगेका छन् । गौतम बुद्ध नेपालमा जन्मेका हुन् बिश्वमा बाताबरण सफा बनाउन साइकल प्रयोग धेरै गरौ भन्ने अभियान लिएर सन् २००७ देखि यात्रामा निस्किएका दाहाल एसिया, अफ़्रिका, अस्ट्रेलियाको यात्रा पुरा गरी युरोपमा गएका हुन् ।

यात्राको सिलसिलामा बेल्जियम पुगेका दाहाल आफुले भोगेका दुखका अनुभबहरुलाई हसिलो पाराले सुनाएका थिए । युरोपको माइनस डिग्री मौसममा पनि साकल यात्रा गर्न कठिनाइ भएको छैन ? भनि सोधिएको प्रश्नमा उनले मुस्कुराउदै भने कठिनाइ त हुन्छ नै तर पनि मेरो उदेश्य थूलो हो उदेश्यलाई पुरा गर्न मौसमको पनि कुनै प्रवाह हुदोंरहेनछ उनले भने । अरब को ४५ डिग्रीको गर्मी र बेलायतको माइनस १० डिग्री जाडोमा पनि मैले यात्रा गरिसके ।

अन्य राष्ट्रहरुमा जस्तै दाहालले बेल्जियममा पनि यहांको पररास्ट्र मन्त्रालयमा अधिकारीहरुलाइ भेट गरि गौतम बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने बिषयमा अबगत गराउने छन । बेल्जियमका लागि नेपाली राजदूत राममणि पोख्रेलले मन्त्रलायमा भेटघाटको लागि सहयोग गर्ने आश्वासन दिदै दाहाललाई सोमबार नेपाली राजदूतावास ब्रुसेल्स बोलाएका छन । ***

तपाईको प्रतिक्रिया