Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

कोरिया – नेवाः पुचः दक्षिण कोरियाद्वारा मिति २०१२ सेप्टेम्बर ३० तारिखमा कोरियाको ठूलो चाड छुसकको अबसरमा गरिएको नेवाः भोज २०१२ भव्यताका साथ सम्पन्न भयो ।

करिब ७० जनाको उपस्थितिमा सम्पन्न भएको सो भोज कार्यक्रम नेवारी ड्रेस पहिरेका तिन महिला सदस्यद्वारा उदघाटन गरेर सुरु भएको थियो र सोहि कार्यक्रममा गुरुज्यु नबिन बज्राचार्य तथा यस संस्थाका संस्थापक अध्यक्ष मणिराज जोशीले संयुक्तरुपमा नेवाः पुचः को आपतकालिन राहत कोष तथा नेपाल सम्बत ११३३ उपलक्ष्यमा ख्यातिप्राप्त गायक दीपक बज्राचार्य लाईभ इन कन्सर्टको टिकट एक एक प्रति आदानप्रदान गरेर शुभारम्भ गरेका थिए ।

मिठा मिठा नेवाः परिकारहरुको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले भरिएको सो मनोरन्जनात्मक कार्यक्रममा नेवाः ड्रेस लगाएका सदस्यहरुले प्रबासी भूमिमा नेवारी संस्कृतिको संरक्षण गर्नको निमित्त प्रयत्नशिल रहेको पाईयो । साथै सो संस्थाले ख्यातिप्राप्त गायक दिपक बज्राचार्यले आफ्ना मिठा मिठा गीतहरु लिएर छिट्टै कोरिया आउनुहुने भएको र सो कार्यक्रमका सिटहरु सीमित भएकाले सम्पूर्ण कोरियावासी नेपालीहरुलाई चांडो भन्दा चांडो सम्बन्धित व्यक्तिलाई सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्न अनुरोध पनि गरे ।

तपाईको प्रतिक्रिया