टोकियो– जापानी अनुसन्धानकर्ताहरूले शुक्रबार एक जनसङ्ख्या घडी तयार गरेका छन् जसले यस मुलुकमा जन्मदर घट्दै गएमा सैद्धान्तिकरूपमा जनसङ्ख्या एक हजार वर्षमा लोपभएको देखाउने छ ।जापानको उत्तरी नगर सेन्दाइमा अनुसन्धानकर्मीहरूले १४ वर्षसम्मका जापानी बालबालिको जनसङ्ख्या एक करोड ६६ लाख रहेको बताएका छन् र उनीहरूले हरेक १०० सेकेन्डमा यसमा एकजना कमी हुने अवस्था देखिएको उल्लेख गरेका छन् ।
टोहोकु विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हिरोशी योशिदाले वर्तमान घट्दो दर कायम रहेमा सन् ३०११ को मे ५ मा जापानमा बालबालिका दिवसमा सार्वजिनक विदा दिने अवस्था हुने र त्यस समयमा यस उमेरका एक मात्र बालबालिका हुने उल्लेख गर्नुभयो ।
उहाँले त्यसको १०० सेकेन्ड पछि जापानमा बालबालिका नै नरहने र यस प्रकारको घट्दो दर सन् १९७५ मा आरम्भ भएको जानकारी दिनुभयो ।
प्राध्यापक योशिदाले जापानमा यस विषयमा छलफल आरम्भ गर्न आफूले यस प्रकारको घडी तयार गरेको बताउनुभयो ।








