Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो- नेपाल जापान युथ क्लव टोकियोले यहि मई ५ तारिख गोल्डेन बार्बाक्यू पिकनिक गर्ने जनाएको छ ।

युवा शक्तिलाई एकत्रित गर्दै समाजको रचनात्मक  कार्यमा उपयोग गर्ने उद्देश्यकासाथ गत बर्ष स्थापना भएको सो क्लवले गत बर्षकै कार्यक्रमलाई निरन्तरता दिदैं यो बर्ष पनि गोल्डेन वीकको बिदाको अवसर पारेर बार्बाक्यू पार्टी गर्ने भएको हो ।

कासाई काईहिन कोयनमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने सो कार्यक्रममा उपस्थित भई शोभा बढाईदिन आयोजकहरुले ईच्छुक महानुभावहरुमा हार्दिक अनुरोध गरेका छन् ।

नेपाली नयाँ बर्ष २०६९ तथा गोल्डेन वीकको अवसरमा आपसी भेटघाट तथा शुभकामना आदानप्रदानसहित बिशेष मनोरञ्जन गर्ने उद्देश्यले उक्त बिबिक्यू पिकनिकको आयोजना गरिएको कार्यक्रम संयोजक लेनिन भट्टचनले बताए ।

बिशेषगरी बिभिन्न उद्देश्य लिएर जापान आएका नेपाली युवाहरुलाई गोलबन्द गरी उनीहरुलाई सामाजिक दायित्व बोध गराउँदै रचनात्मक तथा सिर्जनात्मक कार्यमा प्रोत्साहित गर्ने क्लवको मुलभूत अभिप्राय रहेको बताईएको छ ।

कार्यक्रम सम्बन्धि जानकारी
मितिः ५ तारिख, २०१२ शनिबार
समयः ११ बजेदेखि ४ बजेसम्म
रेलमार्गः केइयो लाईनको कासाई रिन्काई कोयन स्टेशनबाट नजिकै पर्ने ‘कासाई काइहिन कोयन’
(डिज्निल्याण्ड जाने रुट)
थप जानकारीका लागि सम्पर्कः ०८०-६५८६-५००३ (लेनिन भट्टचन)

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया