काठमाडौं–प्रधानमन्त्री डा. बाबुराम भट्टराई र जापानका परराष्ट्र मन्त्री कोईचिरो गोम्बाबीच आइतबार भेट वार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री डा. भट्टराईले नेपालमा जारी शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाबारे जानकारी गराउनु भएको थियो । उहाँले शान्ति र संविधान निर्माण प्रक्रियाको पूर्णता पछि नेपाल आर्थिक सम्वृद्धिको दिशामा अगाडि बढ्ने
बताउँदै जापानको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले २०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषणा गरेको जानकारी दिँदै भ्रमण बर्ष सफल बनाउन जापानको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । जापानबाट धार्मिक पर्यटक र अन्य पर्यटक भ्रमणका लागि आउने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।
बताउँदै जापानको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले २०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषणा गरेको जानकारी दिँदै भ्रमण बर्ष सफल बनाउन जापानको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । जापानबाट धार्मिक पर्यटक र अन्य पर्यटक भ्रमणका लागि आउने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।जापानले नेपालको आर्थिक विकासका लागि गर्दै आएको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले जलविद्युत, सडक निर्माण, लुम्बिनीको विकासको क्षेत्रमा सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
जापानी लगानीकर्ताहरुका लागि सहज वातावरण बनाउने पनि प्रधानमन्त्रीले बताउनुभयो । राष्ट्रिय गौरवका योजनाहरुलाई मद्दत पुग्ने खालको जापानी सहयोगको लागि पनि प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले शान्ति र लोकतन्त्रको पक्षमा नेपाल र जापान एक अर्कामा सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
जापानी परराष्ट्रमन्त्रीले नेपालमा चलेको शान्ति र संविधान निर्माण प्रक्रियाको सफलताको शुभकामना दिनुभयो । उहाँले आर्थिक विकासको लागि नेपाललाई सँधै सहयोग गर्न जापान इच्छुक रहेको पनि बताउनुभयो ।








